भिन्न हुनेछन्
calendar_today2078history_eduभवेस अधिकारी
भिन्न हुनेछन्
एउटै कलमले लेखेको कथा पनि
भिन्न हुनेछन्
एउटै चरीले गाएको गाथा पनि ।।
भिन्न हुनेछन्
एउटैसंग गासिएको नाता पनि
भिन्न हुनेछन्
एउटै आशुले बोकेको व्यथा पनि ।।
भिन्न हुनेछन्
एउटै जिन्दगीले भोगेको दु:खका तौल पनि
भिन्न हुनेछन्
सस्तो बजारमा बिकेका सपनाको मोल पनि ।।