Technical Manuscript &
Research Archive
© Bhavesh Adhikari

BACK TO FRAGMENTS

अभिलाषित अस्तित्व

calendar_today2080-03-14
history_eduभवेस अधिकारी
कहिले गुनगुनाउँछ कहिले हाँस्छ कहिले निरास हुन्छ कहिले रुन्छ कहिले चिच्याउँछ कहिले टोलाउँछ प्राय: आफैमा रमाउँछ आफैमा हराउँछ त्यसैले त देख्दा मौन छ चुपचाप छ। खोज्छ खुशी बिर्सी आफैलाई समेट्न खोज्छ आफ्नालाई भन्छ: “ जसो गर्यो त्यसै हुन्छ रे राम्रो गर्नेको सधैँ भलो अनि, नराम्रोको पनि एकदिन पक्कै पालो आउँछ रे गरे हार, नगरे प्रहार गरिरहन्छ जीवनले हार पनि हार्ने छ एकदिन, भन्दै विश्वास दिलाउँछ मनले ” छर्न भन्छ प्रेम, सबैका लागि सधैँभरि सधैँ मुस्कुराऊ भन्छ अटल हिमाल सरी प्रकृतिसँग जोड्न भन्छ अनेक नाता चाहन्छ: हिउँमा पग्लिन सागरमा घुल्न बाफमा उड्न बतासमा बहन बादलमा नाच्न वर्षामा रुझ्न थोपामा लुक्न ।। मिसाउन चाहन्छ आफूलाई: आशुको व्यथामा चरीको गाथामा कलमको कथामा प्रियहरूको रोजाईमा निस्वार्थीहरूको खोजाईमा दुष्टहरूको सोचाइमा ।। प्राय: यस्तै उस्तै हुन्थे कुरा उसका गुनासा रहित आफैमा पूर्ण न खिज्याउँथ्यो कसैलाई न बिझाउँथ्यो कसैलाई ।। अचानक! घडिले घुम्न खोलाले बग्न सडकले हिड्‌न बन्द हुन्छ, त्यो एकोहोरो बजेको शङ्खको ध्वनिसँगै । भन्छन्! मानिसको अस्तित्व सदा जीवित रहन्छ निश्चल थियो भने- उसको भावना, उसको चाहना, उसको सोच, उसको सिद्धान्त। सदा रहने छ उ सबैको माझ सदा रमाउने छ उ प्रकृतिको साथ आत्माले त गर्यो देह त्याग उसको तर, धर्तीमा विलीन हुँदै , मेटिँदै जाँदा अस्तित्व जीवनको । जीवित छन अझै आकाशमा तारा बनी छरिएका, उसको अभिलाषा मनको ।।
#मौनता#आत्मचिन्तन#प्रेम#प्रकृति#अस्तित्व

captured in the manuscript archive